दिपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीकाे शपथ

दिपक मनाङेले लिए भौतिक पूर्वाधारमन्त्रीकाे शपथ


काठमाडौं ।

गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजिव गुरुङ (दिपक मनाङे)ले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाएका हुन् ।

नवनियुक्त मन्त्री मनाङेले प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनको शपथग्रहण समारोहमा विपक्षी दल एमाले र माओवादी भने उपस्थित रहेको छैन ।

गत निर्वाचनमा मनाङबाट उनी स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । तर केही समयपछि एकीकृत समाजवादीमा प्रवेश गरेका उनले आइतबार एकीकृत समाजवादी छाडेर स्वतन्त्र सांसद बन्न प्रदेश सभा सचिवालयलाई पत्र लेखेका छन् ।