सर्लाहीमा प्रहरीले गाेली हानेर समात्याे २ जना भारतीय अपराधी

सर्लाहीमा प्रहरीले गाेली हानेर समात्याे २ जना भारतीय अपराधी


जनकपुर ।

विभिन्न अपराधीक गतिविधिमा संलग्न दुई जना भारतीयलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा २४ वर्षीय जितेन्द्र राउतलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।

सोमबार राती प्रहरीले राउत र सिंहलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याउने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो।

राउतको दुवै खुट्टामा गोली लागेको छ। उनको आइसियूमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। सिंहको अवस्था भने सामान्य छ।