इतिहासकै महङ्गाे बन्यो सुनको भाउ

इतिहासकै महङ्गाे बन्यो सुनको भाउ


 काठमाडौं ।

बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो ।

यो सँगै सुनको मूल्य ९ दिनपछि फेरि हालसम्मकै उच्च भएको छ।

बुधबार १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।
आज तेजाजी सुन १ लाख २७ हजार २ सय कायम भएको छ ।

चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ।