१० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने सरकारको निर्णय

१० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने सरकारको निर्णय


काठमाडौं ।

सरकरले १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा १० नेपाली र ७ कोरियाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ ।

बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।