३ कम्पनीको वार्षिक साधारण सभा आज

३ कम्पनीको वार्षिक साधारण सभा आज


काठमाडौं।

आज विभिन्न तीन कम्पनीले वार्षिक साधारण सभा गर्दैछन् ।

शिखर इन्स्योरेन्स, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाले सभा बोलाएका छन् । तीन वटै कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएका छन् ।

शिखर इन्स्योरेन्सको साधारणसभा केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ ।

सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २७ गते बुक क्लोज गरिसकेको छ । फागुन २६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन् । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आज दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा सभा बोलाएको छ ।

सभाले किसान लघुवित्तसँगको मर्जर प्रस्ताव पारित गर्नेछ । दुई कम्पनीले एक आपसमा १ः०.८८ सेयर स्वाप अनुपातमा मर्ज हुने लागेका छन् । कम्पनीले सभा प्रयोजनका लागि फागुन २४ गते बुक क्लोज गरेको छ । फागुन २३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।

किसान लघुवित्त वित्तीय संस्थाले ताज प्यालेस, स्पेशियल चोक गल्फुटार, काठमाडौंमा सभा बोलाएको छ । सभाले जाल्पा लघुवित्तसँग मर्जर गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाबाट १ः०.८८ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि चैत १ गते बुक क्लोज गरिसकेको छ । फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउँनेछन् ।