बलात्कारको आरोपमा वडाध्यक्ष बास्तोला पक्राउ

बलात्कारको आरोपमा वडाध्यक्ष बास्तोला पक्राउ


बर्दिया ।

बर्दियामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका – ४ का वडाध्यक्ष ४६ वर्षीय कृष्णप्रसाद बास्तोला पक्राउ परेका हुन्।

२० बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

युवतीको बेलुकी ७ बजे वडाध्यक्ष बास्तोलाविरूद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्।

‘जाहेरी आएपछि हामीले ८ बजेतिर आरोपीलाई पक्राउ गरेका हौं,’ डिएसपी अर्यालले भने।

उनीमाथि थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए।