हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


हुम्ला । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अदानचुली गाउँपालिका श्रीनगरबाट वडा नं ५ को बारीगाउँ जाँदै गरेको सु ००१ ज ११८३ नम्बरको बोलेरो जिप शनिवार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ का अन्दाजी ३५ वर्षीय फागुने लोहार र सोही वडाका १३ वर्षीय प्रवेश ऐडी रहेको जिल्ला प्रहरी हुम्लाका डीएसपी एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। दुर्घटनामा परेर अन्य ६ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।