नहुने भो कमेडी च्याम्पियनको मंगलबारको सुटिङ

नहुने भो कमेडी च्याम्पियनको मंगलबारको सुटिङ


काठमाडौं । निर्देशक विशाल भण्डारीसहित ६ जना सवारी दुर्घटनामा परेपछि टीभी रियालिटी शो कमेडी च्याम्पियनको प्रशारण प्रभावित हुने भएको छ । पर्सि मंगलबारको नियमित सुटङ रद्द गरिएको निर्माण स्रोतले बतायो । भण्डारीसहित कमेडी च्याम्पियनका ६ चढेको कार भक्तपुरमा शनिबार बिहानै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि भण्डारी र पुजन अधिकारीलाई पक्राउ गरेर हिरासतमा राखिएकोमा हिजो साँझ छुटेका छन्। अन्य ४ जनाको अस्पतालमा उपचार भइरहेको छ ।