रमाए अमेरिका, बेलायत, अष्ट्रेलिया चीनलगायत देशका पर्यटक होलीमा

रमाए अमेरिका, बेलायत, अष्ट्रेलिया चीनलगायत देशका पर्यटक होलीमा


कास्की ।  देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९(रेवान)पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव  आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर रमाएका हुन् ।
विभिन्न देशका पर्यटकहरुले एकापसमा रङ्ग दलेर होलीमा रमाइलो गरे । होली महोत्सवअन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलिएको थियो । पञ्चेबाजा र गीत–सङ्गीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताए  ।
पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक–हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए । पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ । रेवानका अध्यक्ष भट्टराईले विगतदेखि नै होली पर्वमा विदेशी पर्यटकले रमाइलो मानेर सहभागी हुने गरेको बताए । रेवानले एक दशकअघि देखि होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाइ लम्ब्याउने गरेको भट्टराईले बताए ।
चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशका पर्यटक होलीमा रमाएका हुन् । पर्यटकलाई रमाइलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अङ्ग्रेजी गीत–सङ्गित तथा नृत्य प्रस्तुत गरिएको थियो ।