ललितपुरमा २ समुहबीच झडप: २ जनाको मृत्यु, १८ जना पक्राउ

ललितपुरमा २ समुहबीच झडप: २ जनाको मृत्यु, १८ जना पक्राउ


काठमाडौँ ।

ललितपुरको ढोलाहिटीमा गए राति दुई समूहबीच झडप हुदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती करिब नौ बजे दुई समूहबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा गए राति नै १८ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।