बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

गत शुक्रबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।

शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यपसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार १५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १५ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।