४ दिन पछि १० अंकले बढ्यो नेप्से

४ दिन पछि १० अंकले बढ्यो नेप्से


काठमाडौँ ।

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १०.१४ अंकको बढेको छ ।

आज नेप्से परिसूचक २०४१ अंकमा पुगेको छ । यसक्रममा आज १६८ कम्पनीको मूल्य बढेको छ भने ६८ वटा कम्पनीको मूल्य घटेको छ ।

यस्तै, १० कम्पनीको मूल्य स्थिर छ । परिसूचक बढेको दिन धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।

यसबाहेक, दोल्ती पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत, सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशत र विन नेपाल लघुवित्तको मूल्य ९.४३ प्रतिशतले बढेको छ । आज शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै भएको छ । यो कम्पनीको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचक बढेपनि तीन समूहको सूचक भने घटेको छ । वित्त समूह, जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ । यसबाहेकका सबैजसो समूहमा सुधार आएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूहको १४५ अंक, जलविद्युत समूहको ३९ अंक र होटल तथा पर्यटन समूहको सूचक २४ अंकले बढेको छ ।

आज चार दिनपछि पहिलोपटक परिसूचक बढेको हो । गत साताको मंगलबार ६ अंकले घटेको थियो । बुधबार ३.३४ अंक र बिहीबार १५ अंकले परिसूचक घटेको थियो । यस्तै, यो साताको सोमबार समेत नेप्से परिसूचकमा १७ अंकको गिरावट आएको थियो ।

आज समेत सुरुवातमा परिसूचक बढेपनि साढे ११ बजेदेखि घट्न सुरु गरेको थियो । १२ बजेसम्मको अवधिमा परिसूचक २०३२ अंकमा आइसकेको थियो । फेरि बढ्न थालेर परिसूचक २०४८ अंकसम्म पुगेर पुनः फर्किँदै २०४१ अंकमा आएर रोकिएको हो । यसक्रममा आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।