राष्ट्रपति पौडेलले शनिवार त्रिशूली नदीमा पक्की पुलको उद्घघाटन गर्ने

राष्ट्रपति पौडेलले शनिवार त्रिशूली नदीमा पक्की पुलको उद्घघाटन गर्ने


तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेलले शनिवार तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्न त्रिशूली नदीमा पक्की पुलको उद्घघाटन गर्ने हुनुभएको छ ।
२१ करोड ६८ लाख ४८ हजारको लागतमा पुल निर्माण भएको सो पुल तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि भइसकेको छ ।

तर त्यस्को औपचारिक उद्घघाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई बोलाएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घघाटन गने जानकारी दिए ।
उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको छ ।

त्यसैका लागि सुरक्षा ब्यवस्था मिलाउन आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए ।०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो ।