अग्रज साहित्यकार सुवेदीको निधन

अग्रज साहित्यकार सुवेदीको निधन


विराटनगर ।

विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ ।

क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो ।

क्यान्सरबाट पीडित सुवेदी सोमबार बिहानबाट अस्वस्थ्य भएका थिए । अस्वस्थ भएका सुवेदीलाई उपचारका लागि बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा राखिएको थियो ।

उनको अस्पतालमा बिहान करिब ३ बजे निधन भएको छोरा शरदराज सुवेदीले जानकारी दिए ।

भोजपुर दिग्लामा जन्मिएका सुवेदीका दुई छोरा एक छोरी र श्रीमती छन् । नेपाली भाषा सहित्य क्षेत्रमा लामो समय योगदान दिएका सुवेदीले विराटनगरलाई नै कार्यक्षेत्र बनाएर काम गर्दै आएका थिए ।

सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरु, सौन्दर्य कविता संग्रह, अविरल यात्रालगायत एक दर्जनबढी कृति प्रकाशित छन् ।

सुवेदीको नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारसमेत वितरण हुँदै आएको छ ।