सुनकोशीमा बेपत्ता २ जनाको शव फेला, एक अझै बेपत्ता

सुनकोशीमा बेपत्ता २ जनाको शव फेला, एक अझै बेपत्ता


गाईघाट ।

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका दुई बालबालीका मृत फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए ।

जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव फेला परेकाे छ भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शव फेला परेको थियो ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेकाे थियाे ।

अझै एक ९ वर्षका लोकचन्द्र मगर वेपत्ता रहेका छन् । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी रहेको बताएको छ ।