पूर्वस्वास्थ्यसचिव डा. प्रवीण मिश्रको निधन

पूर्वस्वास्थ्यसचिव डा. प्रवीण मिश्रको निधन


पूर्वस्वास्थ्यसचिव डा। प्रवीण मिश्रको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको मंगलबार राति १० बजे निधन भएको हो।

गत १३ मार्चमा हर्ट अट्याकका कारण बाथरुममा लडेपछि उपचारको क्रममा रहेका डा मिश्रको निधन भएको पारिवारिक स्रोतले जनाएको हो। यसअघि उनको ५ मार्चमा म्याक्स अस्पतालमै पित्तनलीको शल्यक्रिया गरिएको थियो।

तर, स्वास्थ्य अवस्था ठीक भएर घर फर्किएका उनमा फेरि कार्डियाक अरेस्ट भए पनि पुन अस्पताल भर्ना गरिएको थियो। कार्डियाक एरेस्टका कारण मल्टिपल अग्र्यान फेलियर भएको जनाइएको छ। डा मिश्र २०६६ सालमा स्वास्थ्यसचिव भएका थिए। उनले २०७१ साउनसम्म स्वास्थ्यसचिवको जिम्मेवारी सम्हालेका थिए।