नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम ?

नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम ?


काठमाडौं।

नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ ।

यता, बैंकले लाभांश वितरण सम्बन्धी एजेन्डा नरहेको जनाएको छ । जसअनुसार यो वर्ष पनि लगानीकर्ताको हात भने खाली नै हुनेछ । सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेण्डा पनि रहेको छ ।

यसैगरी सभाकम बैंकको केन्द्रीय कार्यालयको ठेगना परिवर्तन गर्ने एजेण्डा पनि छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेण्डा पनि छ ।