सुनको भाउ घट्याे,कतिमा हुँदैछ काराेबार ?

सुनको भाउ घट्याे,कतिमा हुँदैछ काराेबार ?


काठमाडौं ।
मंगलबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको थियो ।

यस्तै आज तेजावी सुन १ लाख ३० हजार ५५० कायम भएको छ ।

यता आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।