१८ सयले बढेर आज पनि सुनको भाउले राख्यो नयाँ रेकर्ड 

१८ सयले बढेर आज पनि सुनको भाउले राख्यो नयाँ रेकर्ड 


काठमाडौं ।

मंगलबार सामान्य घटेको सुनको मूल्यले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढेर सुनको भाउले अर्को नयाँ रेकर्ड बनाएको हो ।

बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

आज तेजावी सुन १ लाख ३२ हजार ३५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि ६५ रुपैयाँले बढेको छ । मंगलबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १६ सय १० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।