सुनको भाउले राख्यो नयाँ रेकर्ड

सुनको भाउले राख्यो नयाँ रेकर्ड


काठमाडौं ।

बिहीबार नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्डमा पुगेको छ ।

बुधबारको तुलनामा १ हजारले बढेर सुनको भाउ इतिहासकै महङ्गो बनेको हो ।

बुधबार १ लाख ३३ हजारमा कारोबार भएको सुन आज १ लाख ३४ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य नेपाली बजारमा हाल सम्मकै उच्च हो ।

आज तेजावी सुन १ लाख ३३ हजार ३५० कायम भएको छ ।

यस्तै आज चाँदी तोलामा ४० रुपैयाँले बढेर १६ सय ५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।