धनगढीमा प्रहरी जवान मृत भेटिए

धनगढीमा प्रहरी जवान मृत भेटिए


धनगढी ।

धनगढीमा एक प्रहरी जवान मृत फेला परेका छन्।

दार्चुलाको शैल्यशिखर –९ स्थायी घर भएका प्रहरी जवान सुरज विक मृत फेला परेका हुन्।

बुधवार साँझ धनगढी उपमहानगरपालिका–७ मा रहेको मनेहरा सामुदायिक वनमा उनी जामुनको रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।

उनी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत थिए।

उनको परिवार धनगढीमा बस्दै आएको थियो। कामबाट बिदा मागेर उनी धनगढी आएका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।