माधव नेपालको छोरीसहित ६ जना मेडिकल काउन्सिलको सदस्यमा सिफारिस

माधव नेपालको छोरीसहित ६ जना मेडिकल काउन्सिलको सदस्यमा सिफारिस


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको सदस्यमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव नेपालको छोरीसहित ६ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि रिक्त रहेको उक्त पदमा माधवपुत्री डा  सुमन नेपालसहित तीन जनाको नाम खुलेको छ भने अन्य तीन जनाको नाम खुलाइएको छैन । डा। सुमन छाला रोग विशेषज्ञ हुन् । काउन्सिल सदस्यका लागि डा सुमन नेपाल, डा रिकेशजंग कार्की, डा मनोजमान श्रेष्ठसहित अन्य तीन विधाका ३ जनाको नाम फाइनल गरी मन्त्रिपरिषदमा पठाइएको हो । यसअघिको सरकारमै रहेका स्वास्थ्यमन्त्री रहेका बेला पनि यो फाइल पठाइएकोमा मन्त्री फेरिएपछि फिर्ता आएको र अहिले पुनः पठाइएको हो । डा। सुमन नेपालको नाम यसअघिको सिफारिसमा पनि परेको थियो
। मन्त्रालयले भने अहिले यो नाम पठाइएपनि मन्त्रिपरिषद बैठकले यी नाम फेरेर अन्य नाम पठाउनसक्ने भएकाले गोप्य राख्न खोजेको बुझिएपनि सिफारिसमा परेकाहरुबाटै यी नाम सार्वजनिक भएको हुनसक्ने जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले रिक्त रहेको सदस्यका लागि पुनः नाम सिफारिस गरिएको सत्य भएपनि व्यक्तिका विषयमा केही सार्वजनिक नगरिएको र अहिले पठाइएका नाम मन्त्रिपरिषदबाट फेरबदल हुनपनि सक्ने बताए ।