१३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १३ सयले घटेको हो ।

बिहीबार १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको थियो ।

आज तेजावी सुन १ लाख ३२ हजार ५० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदी ३० रुपैयाँले घटेर १६ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।