प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको सेयर लिलामी बिक्री खुला


काठमाडौं ।

प्रभु बैंक सेयर ६१ हजार ७६२ कित्ता र स्वावलम्बन लघुवित्तको १४ हजार ७१० कित्ता आजदेखि लिलामी बिक्री खुला भएको छ ।

प्रभु बैंकमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । स्वावलम्बन लघुवित्तमा न्यूनतम ३५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

दुवै कम्पनीको लिलामीमा वैशाख १६ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन लक्ष्मी सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पेश गर्न सकिनेछ ।