दाेहाेराे अंकले बढ्याे नेप्से

दाेहाेराे अंकले बढ्याे नेप्से


काठमाडौँ ।

साताको सुरुवाती दिन आइतबार नेप्से परिसूचक २२.७५ अंकले बढेकाे छ। याेसँगै नेप्से परिसूचक २ हजार २६.८१ अंकमा उक्लिएको छ।

अघिल्लो साताको पाँचै कारोबार दिन नेप्से सूचक ऋणात्मक हुँदै २००४ अंकमा झरेको थियो ।

कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार रुपैयाँमा किनबेच भएको छ ।

आइतबार होटल तथा पर्यटन समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक धनात्मक भएका छन् । आइतबार झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।