भारतमा जारी त्रिकोणात्मक सिरिजको उपाधि नेपालकाे कब्जामा

भारतमा जारी त्रिकोणात्मक सिरिजको उपाधि नेपालकाे कब्जामा

नेपालकाे उत्कृष्ट प्रदर्शन


काठमाडाैँ ।

भारतकाे गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिजको उपाधि नेपालले आफ्नाे नाम गरेकाे छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियाे।

१७७ रनको लक्ष्य पछ्याएकाे गुजरात १५८ रनमै समेटियाे ।

गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज आयाेजना गरिएकाे थियाे ।

सिरिजमा नेपालले ४ वटा खेल खेलेकाे थियाे । गुजरात र बडाेदरासँग २/२ खेल खेलेकाे नेपाल बडाेदरासँगकाे १ खेलमा पराजित भएकाे थियाे ।