राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज


काठमाडौं ।

आज राष्ट्रियसभा बैठक बस्दैछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ ।

संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्द स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।

त्यस्तै, माननीय दुर्गा गुरूङले ‘माननीय सदस्य बिष्णुदेवी पुडासैनीलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् भने  माननीय भगवती न्यौपानेले ‘माननीय सदस्य बिमला घिमिरेलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।

उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।

एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी थिइन् । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

एमाले उम्मेदवार घिमिरेलाई सत्ता गठबन्धनका दलहरूले मतदान गर्ने भएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार पुडासैनी भने अन्य साना दलहरूको मत तन्ने प्रयासमा छिन् ।