तस्बिरमा हेर्नुहाेस् ‘इद-उल-फित्र’काे राैनक

तस्बिरमा हेर्नुहाेस् ‘इद-उल-फित्र’काे राैनक


काठमाडाैँ ।

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । इस्लाम धर्मावलम्बीहरु आजदेखि रोजा बसेर र विविध कार्यक्रम गरेर इदउलफित्र पर्व मनाउने गर्दछन् ।

एक महिनासम्म सञ्चालन हुने यो पर्वमा मुसलमानहरु दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब) को आजान सुनेपछि रोजा खोल्ने चलन छ ।

निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

इदउलफित्र

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इदउलफित्र’ मनाइरहेका छन् । ‘इदउलफित्र’को नमाज मुस्लिमहरुले कोही मस्जिदमा त कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन ।

नमाज पूरा गरेपछि एकले अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न परिकार बनाएर खाने गर्दछन् । रमजान महिना उर्दू क्यालेण्डरअनुसार नवौँ महिना हो ।

यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यसअन्तर्गत हैसियत हुने मुस्लिमहरुले ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने गर्दछन् ।

कुरानमा नै हैसियत हुनेहरुले मक्का जानुपर्दछ भन्ने उल्लेख गरिएअनुसार मुसलमानहरु यसरी मक्का जाने गर्दछन् ।

 

नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा इद पर्वको अवसरमा बिहीबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । 

 

दाङको घोराही उपमहानगरपालिका-१८ स्थित इदगाहमा इद पर्वको अवसरमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

 

नेपालगञ्जको वीपीचोकस्थित इदगाहमा इद पर्वको अवसरमा बिहीबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय ।

 

इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–उल फित्र (इद)का अवसरमा बिहीबार सुनसरीको इनरुवास्थित जामे मस्जिदमा सामूहिक प्रार्थना गर्दै मुस्लिम समुदाय ।