सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश वितरण गर्ने

सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको वैशाख २१ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले सभामा कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

इन्स्योरेन्सका अनुसार बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेण्डा पनि छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुने र आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि संस्थाले जनाएको छ ।

सभा, होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि वैशाख ७ गते बुक क्लोज हुनेछ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।