अरुणभ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता सेयर लिलामी बिक्रीमा

अरुणभ्याली हाइड्रोपावरको करिब २० लाख कित्ता सेयर लिलामी बिक्रीमा


काठमाडौँ।

अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २० लाखको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा २० लाख कित्ता सेयर बिक्री नभएकोले उक्त सेयर लिलामी गर्ने भएके हो ।

१ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको थियो । बिक्री नभएको सो सेयर कम्पनीले वैशाख १० देखि लिलामी बिक्री गर्ने भएको छ ।

सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह पनि गरेको छ ।वैशाख १० देखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।

न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।

क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।