नेपालकाे उत्कृष्ट बलिङसामु ११४ रनमै सकेटियाे हङकङ

नेपालकाे उत्कृष्ट बलिङसामु ११४ रनमै सकेटियाे हङकङ

खेल जित्न नेपालले ११५ रन बनाउनुपर्ने


Karan KC of Nepal celebrates the wicket of Martin Coetzee Hong Kong, China during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ ।

हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो ।

बर्षाले प्रभावित भएपछि खेल १८-१८ ओभर खेलाइएको छ ।

हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।