नागढुङ्गा–सिस्ने खाेला सुरुङ मार्गको ‘ब्रेक थ्रु’

नागढुङ्गा–सिस्ने खाेला सुरुङ मार्गको ‘ब्रेक थ्रु’


काठमाडाैँ ।

​नागढुङ्गा–नौबिसे सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको उपस्थितिमा सुरुङ मार्गको सोमबार ब्रेक थ्रु गरिएको हो ।

गत फागुन २८ गते नै ब्रेक थ्रु गर्ने तयारी रहे पनि स्थानीयको विरोधका कारण ढिला भएको थियो । नागढुङ्गा–नौबिसे सुरुङ मार्गको आपतकालीन मार्गको ब्रेक थ्रु २०८० साउन २२ गते नै भइसकेको छ ।

सोमबारदेखि मुख्य सुरुङ वारपार भएपनि त्यहाँ सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायत काम भने अझै बाँकी छन् । जसकारण सवारी साधन नै सञ्चालन हुने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने आयोजनाले जनाएको छ ।

सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । आयोजनामा तीन वटा अण्डरपास, चार वटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीन वटा पुल र एउटा फ्लाइओभर रहेका छन् । आयोजनाले हाल बलम्बुमा फ्लाइओभर निर्माण गरिरहेको छ ।