एन्फा उपाध्यक्ष लामा पक्राउ

एन्फा उपाध्यक्ष लामा पक्राउ


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् ।

लागुऔषध मुद्दामा दोषी ठहर भएका लामालाई कैद भुक्तानका लागि पक्राउ गरिएको र उनलाई अदालतमा उपस्थित पेस गरिएको प्रहरीले जनाएको छ ।

लामालाई बुधवार पक्राउ गरिएको हाे।  ब्राउन सुगर मुद्दामा अदालतबाट दोषी ठहर भएर पनि उनी पक्राउ पर्न सकेका थिएनन्। यहीबीचमा उनी एन्फा उपाध्यक्ष बनेका थिए।