सल्यानमा बस दुर्घटना : चालकसहित १४ जना घाइते

सल्यानमा बस दुर्घटना : चालकसहित १४ जना घाइते


बुटवल ।

दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ ।

दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा  रा १ ख २०८५ नम्बरको बस बागचौर नगरपालिका वडा नम्बर २ ठिनबाङ खोला पुलमा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

अहिले राहत र उद्धारको काम भइरहेको र थप विवरण आउन बाँकी रहेको छ ।

दुर्घटना चालकसहित १४ जना घाइते भएकाे र उनीहरूलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको समेत प्रहरीले जनाएको छ ।