इलाम-२ मा अहिलेसम्म ४५ प्रतिशत मत खस्यो

इलाम-२ मा अहिलेसम्म ४५ प्रतिशत मत खस्यो


विराटनगर । इलाममा क्षेत्र नम्बर २ मा  शान्तिपूर्ण रुपमा मतदान जारी छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा  २ बजेसम्म ४५ प्रतिशत मात्रै मत खसेको छ ।

इलामका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेका अनुसार बिहानको तुलनामा अहिले मतदान केन्द्रहरुमा भिडभाड बढेको बताए । उनले अहिलेसम्म ४५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।