इलाममा यसरी हुँदैछ मतगणनाको तयारी

इलाममा यसरी हुँदैछ मतगणनाको तयारी

मत परिणाम चोक बजारमा डिस्प्ले बोर्डमा देखाइने


इलाम । इलाम क्षेत्र २ को मतदान सकिएको छ । मतगणना सकिएसँगै मुचुल्का उठाउने र मत पेटिका सुरक्षित तरिकाले गणना स्थलसम्म लैजाने काम भइरहेको छ । टाढा रहेका मतदान स्थलबाट राति १० बजेसम्ममा गणना स्थल इलाम बजारमा रहेको सिटी हल पुर्‍याउने तयारी भएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । मतगणनाका लागि सिटी हल तयार गरिएको छ ।

सिटी हलको एक कोठामा तार जारी लगाएर गणकमात्र भित्र बस्न मिल्ने बनाइएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणना स्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ ।