इलाम-२ को मतगणना आइतबार बिहानबाट

इलाम-२ को मतगणना आइतबार बिहानबाट


इलाम-२ मा शनिबार भएको उपनिर्वाचनको मतगणना आइतबार बिहान मात्र सुरू हुने भएको छ। सबैतिरबाट मतपेटिका संकलन भइनसकेकाले रातिबाटै गणना सुरू गर्ने योजना कार्यान्वयन नहुने भएको हो।  मतपेटिका बेलैमा संकलन भए आजैबाट गणना थाल्ने योजना थियो,’ इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘सबैतिरबाट मतपेटिका आइपुग्न रातभरि लाग्ने रहेछ। बिहान २ बजेसम्म आइपुग्ने अनुमान छ। त्यसैले भोलि बिहान ७ बजे सर्वदलीय बैठक गरेर गणना सुरू गर्ने निर्णय भएको छ।’ संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम-२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।  यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए।