शुरु भो इलाम-२ सर्वदलिय बैठक

शुरु भो इलाम-२ सर्वदलिय बैठक


इलाम । विहान ७ बजेकालागि बैठक डकिएपनि प्रतिनिधी ढिला आएका कारण एकघण्टा ढिला गरि बैठक शुरु भएको हो । बैठकपछि मतगणना शुरु हुने छ । इलाम २ को निर्वाचनमा १९ जना उमेद्वार रहेका छ्न । ती मध्य १२ जना दलका तर्फबाट र बाँकी स्वतन्त्र रुपमा निर्वाचनमा होमिएका छन् ।

निर्वाचन आयोगले शनिवार मध्यरातीबाट भएपनि मतगणना शुरु गर्ने बताएको भएपनि गणना स्थलमा मतपेटिका आउन ढिलाई भएपछि आजबाट मात्रै गणना शुरु हुने भएको हो । इलाम २ मा ६० प्रतिशत मत खसेको छ । ६ वटा पलिकाका ४२ वटा वडामा आज चुनाव भएको हो ।