अत्यधिक गर्मीका कारण २ दिनका लागि विद्यालय बन्द

अत्यधिक गर्मीका कारण २ दिनका लागि विद्यालय बन्द


बुटवल ।

अत्यधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ ।

उपमहानगरपालिकाले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

केही दिनयता तातो हावा चल्न थालेकाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० र २१ गतेका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको हाे ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनाअनुसार विद्यालय बन्द भए पनि जारी रहेको कक्षा १२ को परीक्षा भने यथावत् रहने छ ।