आज ३१औँ मदन–आश्रित स्मृति दिवस

आज ३१औँ मदन–आश्रित स्मृति दिवस


काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३१औँ स्मृति दिवस जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै आज मनाइँदैछ ।

एमाले र नेकपा (एकीकृत समाजवादी)ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उनीहरूको निधन भएको थियो ।

जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।