डा शेखरको प्रश्न– प्रचण्ड जी कति पटक विश्वासको मत लिनुहुन्छ ?

डा शेखरको प्रश्न– प्रचण्ड जी कति पटक विश्वासको मत लिनुहुन्छ ?


काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिएकोप्रति आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन्।कोइरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिनेरु भनी प्रश्न समेत गरे।

उहाँलाई अहिले अप्ठ्यारो के परिराखेको छ भने ७ गते विश्वासको मत लिनुछ। कति चोटी विश्वासको मत लिनु हुन्छरु सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ। ३ चोटी त भइसक्यो। र यही तरिकाले सरकार चल्ने हो भने अझ २र४ चोटी सरकार फेरिरहन्छ,’ कोइरालाले भने। प्रधानमन्त्री प्रचण्ड आफैँलाई प्रधानमन्त्री के का भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे।

‘राजनीतिक दलहरु को प्रधानमन्त्री हुनेमा नै सीमित भइरहनुभएको छ। मलाई त त्यही आभास हुन्छ। सबै राजनीतिक दलको नेतृत्व वर्गसँग कुरा गर्दाखेरी को प्रधानमन्त्री हुने, कसरी जाने सोच बनाएर अगाडि बढिरहनु भएको छ। के को लागि प्रधानमन्त्री बन्नेरु प्रधानमन्त्री बनेर गर्ने केरु भन्ने कुरा आज तपाईहरुले कसैलाई सोध्नुभयोरु प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्नसक्ने अवस्था छैन।’