बजेट सार्वजनिक गर्ने तयारी, ब्रिफकेसको ढाँचा फेरियो

बजेट सार्वजनिक गर्ने तयारी, ब्रिफकेसको ढाँचा फेरियो


तस्बिर: अन्जान केसी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ ।  दिउँसो ३ बजेदेखि बस्ने संयुक्त सदनको बैठकमा अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले बजेट सार्वजनिक गर्नेछन् ।

बजेटको ब्रिफकेस बोकेर उनी क्याविनेट बैठकमा छिरेका छन् । मन्त्रिपरिषद् बैठकले बजेट वक्तव्य पारित गर्नुपर्ने प्रावधान छ । यसपटक नेपाली ढाकाबाट निर्मित ब्रिफकेस प्रयोग गरेर उनले स्वदेशी उत्पादनको प्रवर्द्धनको सन्देश दिन खोजेका छन् ।

१८ खर्बको सिलिङको सीमितता भएपनि केही पपुलिष्ट कार्यक्रमका कारण बजेट १९ खर्ब हाराहारीमा पुग्ने मन्त्रालय स्रोतले बताएको छ ।