उधारो उठाउन छुट्टै कानून बन्ने

उधारो उठाउन छुट्टै कानून बन्ने


काठमाडौं । सरकारले उधारो कारोबारसम्बन्धी छुट्टै कानून बनाउने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले वस्तु उत्पादन गरेर बजारमा पठाएर फसेको रकम उठाउन छुट्टै कानून बनाइने बताएका हुन् ।

व्यवसायीले लामो समयदेखि उधारो उठाउने कानून बनाउन माग गर्दै आएका थिए । अहिले बजारमा लाखौं उधारो उठ्न सकेको छैन ।