सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोड कटौती

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोड कटौती


काठमाडौं । सूचनता तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोड कटौती गरिएको छ ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको बजेट १ अर्ब ३६ करोडले घटाइएको बताएका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई लागि ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ मा ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।