प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको लागि १० करोड विनियोजन

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको लागि १० करोड विनियोजन


काठमाडौं । सरकारले प्रधानमन्त्री छोरी कार्यक्रमको लागि १० करोड छुट्याएको छ ।

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अथमन्त्री वर्षमान पुनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमको अन्तर्गत छोरीलाई रोजगार उन्मुख शिक्षा प्रदान गर्नको लागि बजेट विनियोजन गरेको बताए ।

आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाइने

सरकारले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षका रुपमा मनाउने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले भने, ‘महिला बिरुद्द हुने हिंसा, शोषण र भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा समभाव र सम्मानजनक वातावरणको सृजना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईने छ ।’