बजेट २०८१/८२ : सीता दाहाल संस्थान खोलिने

बजेट २०८१/८२ : सीता दाहाल संस्थान खोलिने


काठमाडौं । सरकारले सीता दाहाल संस्थान खोल्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री वर्षमान पुनले काठमाडौं विश्वविद्यालयअन्तर्गत सीता दाहालको नाममा योग क्षेत्रको अध्ययन संस्थान खोल्ने बताए ।

अर्थमन्त्रीले सीता दाहाल संस्थानको स्थापनाको लागि बजेट छुट्याएको बताएका छन् । तर, बजेटको अंक खुलाएका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीताको गत वर्ष असार २७ मा निधन भएको थियो ।