ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको अध्यक्ष केसीको दाबी

ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको अध्यक्ष केसीको दाबी


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ऋण लिएर संघीयता धान्ने कुरा गलत भएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले साधारण खर्चको बोझ घटाउन संघीयता खारेज गर्नुपर्ने बताए ।

‘साधारण तर्फको बढ्दो बजेट भोलुमको मुख्य कारण संघीयता हो । संघीयताका कारणले साधारणतर्फको खर्च बढेको छ । साधारणतर्फ बढेको खर्चलाई पूर्ति गर्न करको दायरा वर्षैपिच्छे बढाउनुपरेको छ । जसको परिणाम नेपाली जनतामाथि अनावश्यक प्रकारको आर्थिक बोझ थपिदै गएको छ । त्यसैले संघीयतालाई कायम राखेर साधारणतर्फको खर्च घटाउन सकिन्न । र मुलुकलाई संघीयताका कारण उत्पन्न बोझबाट मुक्त गर्न सकिन्न’, उनले भने ।

सांसद केसीले अगाडि भने, ‘वैदेशिक ऋण लिएर संघीय संरचना धान्ने कुरा गलत भएकाले संघीय संरचना हटाउन पर्छ ।’