प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता

प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता


काठमाडौं । प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने ‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase का तर्फबाट प्रतिनिधि श्री रीमा श्रेष्ठ ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन ज्युले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ ।