डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु


दार्चुलाबाट धनगढीतर्फ गइरहेको जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान जि दुर्घटनामा परेको हो। दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका सात जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। जिपमा चालकसहित नौजना सवार थिए।