आज कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम पेस गर्दैछ

आज कर्णाली प्रदेश सरकारले नीति तथा कार्यक्रम पेस गर्दैछ


काठमाडौं। आज कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दैछ ।

सरकारका तर्फबाट प्रदेश प्रमुख तिलक परियारले आज दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । नीति तथा कार्यक्रम पारित भएपछि असार १ गते बजेट ल्याउने तयारी सरकारको छ ।

प्रदेश सभाको चौथो अधिवेशनको छैटौं बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।यसपटक कार्यान्वयनमुखी योजना मात्रै बजेटमा समावेश गर्ने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले बताए ।